Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सैनिक ‘कू’पछि पहिलोपटक देखा परेकी सूचीलाई भिडियोमार्फत् अदालतमा पेस

    सैनिक ‘कू’पछि पहिलोपटक देखा परेकी सूचीलाई भिडियोमार्फत् अदालतमा पेस

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.9K
    SHARES

    एजेन्सी। म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुची सैनिक ‘कू’ पछि पहिलोपटक देखापरेकी छन्।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनीविरुद्द नयाँ थप दुइटा मुद्दा लगाइएसँगै पहिलो पटक देखिएकी हुन्।



    उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ । फेब्रुअरी १ को ‘कु’ सँगै सुचीलाई सैनिक सरकारले बन्धक बनाएको थियो ।



    उनका एक वकिलले सुचीको स्वास्थ्य अवस्था राम्रो देखिएको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । ‘मैले उहाँलाई भिडियोमा देखें । उहाँको स्वास्थ्य अवस्था राम्रो देखिन्थ्यो,’ उनका वकिल मिन मिन सोइले भने । त्यस क्रममा सुचीले वकिलसँग भेट्न आग्रह गरेकी थिइन् ।

    सुचीविरुद्ध ‘त्रास वा खतरापूर्ण संकेत’ उत्पन्न हुन सक्ने प्रकारको सूचना प्रकाशन रोक्नेसम्बन्धी उपनिवेशकालीन कानुनअनुसार मुद्दा चलाइएको हो । त्यसैगरी दूरसञ्चारसम्बन्धी कानुनअन्तर्गत मुद्दा दायर गरिएको हो ।

    यसअघि सुचीलाई गैरकानुनी रूपमा वाकीटकी राखेको र प्राकृतिक विपद्सम्बन्धी कानुन उल्लंघन गरेको आरोप लगाइएको थियो । ७५ वर्षीया सुचीलाई मार्च १५ मा अदालत पेस गरिने जनाइएको छ ।

    म्यान्मारमा फेब्रअरी १ को सैनिक ‘कु’ विरुद्ध हजारौं लोकतन्त्र पक्षधरहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार