Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • अबैध सुनसहित स्वदेश आएका राना विमानस्थलमबाटै पक्राउ

    अबैध सुनसहित स्वदेश आएका राना विमानस्थलमबाटै पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट घर आएका एक व्यक्ति पक्राउ परेका छन् ।

    सोमबार राति स्याङजा चापाकोट नगरपालिका-६ घर भएका ४२ वर्षीय नगेन्द्र कुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।



    विमानस्थलमा चेक जाँच गर्ने क्रममा उनको साथबाट ३ थान बाला र २ थान औंठी समेत गरी १ सय ६० ग्राम सुन जस्तो देखिने पहेंलो धातु फेला परेपछि उनलाई विमानस्थल प्रहरीले पक्राउ गरेको जनाएको छ ।



    पक्राउ परेका रानालाई बारमद धातु सहित आवश्यक थप अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार