Online Nepal
  • मंगलबार, ४ बैशाख २०८१
  • ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने ?

    नेकपाको प्रचण्ड-माधव समूहका नेताहरूद्धारा सभामुख सापकोटासँग भेटवार्ता

    नेकपाको प्रचण्ड-माधव समूहका नेताहरूद्धारा सभामुख सापकोटासँग भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

    मंगलबार बिहान प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले सभामुख सापकोटासँग भेट गरेका हुन् ।



    सभामुख निवासमा भएको उक्त भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने लगायतका विभिन्न बिषयमा छलफल भएको बताइएको छ ।



    सर्वोच्च अदालतले संसद सभा पुनःस्थापना गरेसँगै सरकारले २३ गतेका लागि संसद बैठक बोलाएको छ।

    संसद बैठक अघि प्रचण्ड-माधव समूहका नेताहरुले सभामुख सपकोटालाई भेट गर्नु अर्थपूर्ण रहेको देखिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार