Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ को उपाधि रश्मि शाक्यलाई

    ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ को उपाधि रश्मि शाक्यलाई

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 3.2K
    SHARES

    काठमाडौँ। सिजन मिडियाद्वारा आयोजना गरेको ‘लेट मी इन मिसेज ब्युटी क्विन नेपाल सिजन ४’ को उपाधि ललितपुरकी रश्मि शाक्यले जितेकी छिन् । ललितपुरमा सौन्दर्य पेशा गर्दै आएकी शाक्यले मिसेज ट्यालेन्ट उपाधिसमेत प्राप्त गरिन् ।

    २२ जना प्रतियोगी सहभागी सो कार्यक्रममा डा अश्विना केसी फस्ट रनरअप भईन भने इन्टेलिजेन्टको टाइटल अवार्ड पनि हात पार्न सफल भईन । प्रतियोगितामा सेकेन्ड रनरअप लसता शाक्य भईन भने उनले बेस्ट स्किन र बेस्ट वाकको पनि उपाधि जित्न सफल भएकी छिन ।



    विजेता शाक्यले रेफ्रिजेरेटर, लेटमीइनका तर्फबाट ३० हजार बराबरको गिफ्ट भौचर र सिङ्गापुर मलेसियाको भ्रमणका लागि हवाई टिकट उपहारस्वरुप प्राप्त गरिन् । फस्ट रनर अपलाई ४० इन्चको टिभी, सेकेन्ड रनर अपलाई भ्याकुम क्लिनर साथै सिङ्गापुर मलेसियाको हवाई टिकट तथा लेटमिइनका तर्फबाट २० हजारको गिफ्ट भौचर प्राप्त गरिन् ।



    थर्ड रनरअप शर्मिला घिसिङ र चौथो रनरअप सपना थापा भईन भने अर्गनाइजर च्वाइसको उपाधि अम्बिका थापाले जित्न सफल भईन।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार