Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • विप्लवसँग गर्न लागेको वार्ता सकारात्मक : कमल थापा

    विप्लवसँग गर्न लागेको वार्ता सकारात्मक : कमल थापा

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 5.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सरकारले विप्लवसँग गर्न लागेको वार्ता सकारात्मक भएको टिप्पणी गरेका छन् ।

    मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गर्न आग्रह गरेका छन् ।



    अध्यक्ष थापाले कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजनीतिमा क्रियाशील सबै दल र पक्षसँग वार्ता गर्नुपर्ने बताएका हुन् ।



    उनको ट्वीट यस्तो रहेको छ : ‘नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो । यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार