Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • ओलीलाई खोई त हटाएको ? हटाउन सक्नुपर्यो नि ? दुनियाँलाई झुक्याउने !

    कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको राजेन्द्र महतोको खुलासा

    कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको राजेन्द्र महतोको खुलासा

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    कैलाली। जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले कम्युनिष्ट र काँग्रेसका नेतामा नैतिकताको खडेरी रहेको खुलासा गरेका छन् ।

    धनगढीमा मंगलबार आयोजित पत्रकार भेटघाटमा नेता महतोले ‘राजिनामा माग्ने कुरा होइन, अनुभूति गरेर स्वतः दिने कुरा हो, प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि नैतिकता भएको भए पद छोड्थे, उनले भने ।



    कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने तागत आफूहरुसँग नभएको प्रस्ट्याएका छन् । ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपालाई मात्रै रहेको बताउँदै उनले प्रतिपक्षमा रहेका काँग्रेस र जसपा मिल्दा पनि नेकपाले निर्णय नगरेसम्म कम्युनिष्ट सरकारको विकल्प तयार नहुने धारणा ब्यक्त गरे ।



    नेता महतोले भने, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउने नेकपाले नै हो ,‘अहिले पनि ओलीजी पार्टी अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ । खोइ त हटाएको ? हटाउन सक्नुपर्यो नि ? दुनियाँलाई झुक्याउने काम भइरहेको छ।’

    केही दिनअघि प्रचण्डजीले छलफलमा बोलाउनु भएको थियो । संसद र सरकारमा मिलेर जाने सिधा प्रस्ताव राख्नुभयो, महतोले भने, मैले सुरुमै तपाइँहरु कुन पार्टीको भनेर सोधेँ।’

    अहिलेसम्म नेकपा छ कानूनी रुपमा नफुटेसम्म बैकल्पिक सरकारका लागि कुनै छलफल आवश्यकता नभएको महतोको भनाइ छ।‘

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार