Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • भलिबल प्रतियोगिताको समापन माधव नेपालले गर्ने

    भलिबल प्रतियोगिताको समापन माधव नेपालले गर्ने

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    सिन्धुपाल्चोक। जिल्लामा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता शुरु हुने भएको छ ।

    योङ स्टार युवा क्लब मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरको आयोजनामा प्रतियोगिता फागुन २० गतेबाट शुरु हुनेछ ।



    प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ७५ हजार, ५० हजार र २५ हजार रुपैंया प्रदान गरिने आयोजकका सदस्य सानुबाबु गिरिले बताए ।



    प्रतियोगिताको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले गर्ने छन् ।

    त्यस्तै, कार्यक्रमको समापन नेकपाका प्रचण्ड-माधव समुहका अध्यक्ष माधव कुमार नेपालले गर्ने आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार