Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • प्रचण्डलाई चेतावनी दिँदै दुर्गा प्रसाईले भने – तपाई एकदिन पछुताउनु हुनेछ

    प्रचण्डलाई चेतावनी दिँदै दुर्गा प्रसाईले भने – तपाई एकदिन पछुताउनु हुनेछ

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 3.7K
    SHARES

    झापा। कुनै समय नेकपाका प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अति नै निकट रहेका झापास्थित बिएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाई एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट हुन पुगेका छन्।

    प्रसाईको मेडिकल कलेजलाई ओलीले राजनीतिक दबावको भरमा सम्बन्धन दिने वचन दिएका कारण उनले प्रचण्डको कित्ता छोडेका हुन् ।



    यतिसम्म कि अहिलेसम्म प्रचण्डले लगाएको गुन भुलेर प्रसाईंले उल्टै प्रचण्डलाई सुझाव दिएका छन् ।



    मंगलबार झापाको बिर्तामोडमा प्रसाईले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन समारोहमा बोल्दै उनले प्रचण्डमाथि प्रश्न गरेका छन् ।

    ‘के कारणले फरक बाटो हिँड्दै हुनुहुन्छ ? म जस्ता कार्यकर्ता र शुभचिन्तकलाई धोका दिने कुरा कति जायज छ ? भन्ने प्रश्न गर्दै प्रसाईले प्रचण्डलाई जनताको मन र मस्तिस्कमा बस्न आग्रह गरे।

    प्रसाईंले अस्पताल उद्घाटनको कार्यक्रममा प्रचण्ड नहुँदा मञ्च अपुरो भएको बताए । ‘यो मञ्च अपुरो छ, अर्को व्यक्ति प्रचण्ड’ हुनुहुन्छ । नेपाली जनताको मनमा विराजमान हुनुपर्ने तपाईं हो तर जनमञ्चबाट तिरस्कृत हुँदैहुँदै जनयुद्ध र जनआन्दोलन नदेखेका काजीको पछि लाग्नुहुन्छ भने जनताले तपाईंलाई माइतीघरभन्दा धेरै पर हुत्याएर घर न घाटको बनाउने छन्, तपाईं पछुताउनु हुनेछ’।

    प्रसाईले भने, ‘काजी सा’पहरूले राज्यसत्ताको तर मारेको जनताले रुचाएका छैनन् । विचार गर्नुहोला प्रचण्डजी ।’

    यसैबीच नेपाली कांग्रेसले प्रस्तावित बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालय सभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ ।

    कांग्रेस केन्द्रीय शिक्षा विभागले आज विज्ञप्तिमार्फत सरकार आफैले बनाएका ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरीत हस्तक्षेप भएको आरोप लगाएको हो ।

    प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा। कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार