Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • जनताका लागि सरकार कम्फर्टेबल रहेको प्रधानमन्त्री ओलीको दावी

    जनताका लागि सरकार कम्फर्टेबल रहेको प्रधानमन्त्री ओलीको दावी

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 2K
    SHARES

    झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अरुका लागि कम्फर्टेबल नभइ जनताका लागि कम्फर्टेबल हुनुपर्ने बताएका छन् ।

    मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले अहिलेको सरकार जनतालाई कम्फर्टेबल रहेको दावी गरेका हुन् ।



    ‘नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । जनतालाई रोजगारी दिने, अवास दिने, विद्यालय दिने सरकार चाहियो । यो सरकार त्यस्तै छ । यो सरकार जनताका लागि कम्फर्टेकल छ । वि आर कम्फर्टेबल फर नेपाली पिपुल’ उनले भने ।



    कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको दावी गरेका छन् । अब आउने निर्वाचनमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने पनि उनले बताए ।

    ओलीले भने, मलाई हटाउन सक्छौ भने हटाउ भनेकै छु, खुशीसाथ हट्छु । तर मलाई हटाउन सजिलो छैन । अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव त हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’

    ‘२३ गते अधिवेसन बस्छ , राम्ररी चलाउने प्रयास हुन्छ,  सकारात्मक भूमिका खेल्छु’ प्रधानमन्त्री ओलीले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार