Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • उपचारपछि स्वदेश फर्किए डा. भट्टराई

    उपचारपछि स्वदेश फर्किए डा. भट्टराई

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मंगलबार नेपाल फर्किएका छन् ।

    स्वास्थ्य उपचारका लागि भारत गएका उनी उपचार पूरा भएपछि आज अपरान्ह नेपाल वायुसेवाको जहाजबाट काठमाडौं आएका हुन् ।



    न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा परीक्षणका लागि भारत पुगेका भट्टराईले त्यहाँस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गराएका थिए ।



    बायोप्सी परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका छन् । तर, दुईरतीन महिनामै ट्युमरलाई शल्यक्रिया गरी फाल्न चिकित्सकले सुझाव दिएका छन् ।

    गत फागुन ९ गते पत्नी हिसिलासहित भट्टराई भारत गएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार