Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त

    अपहरणमा परेका सबै नाइजेरियाली विद्यार्थी अपहरण मुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 3K
    SHARES

    एजेन्सी।  शुक्रबार नाइजेरियामा एक आवासीय विद्यालयबाट अपहरणमा परेका सबै विद्यार्थीहरू अपहरणमुक्त भएका नाइजेरियाको प्रशासनले बताएको छ ।

    जाम्फारा राज्यका गभर्नर बेल्लो मातावालीले भने, ‘सरकारले राज्यको याङ्गेवी शहरमा रहेको एक आवासीय विद्यालयबाट शुक्रबार अपहरणमा परेका सबै विद्यार्थीलाई स्थानीय समय अनुसार मङ्गलबार बिहानै सकुशल अपहरणमुक्त गराई विद्यालयमा फर्काएको छ ।’



    विद्यार्थीहरूको रिहाईका लागि खट्ने सुरक्षा प्रशासन, सरकारी तथा गैर सरकारी अधिकारी तथा स्थानीय बासिन्दाप्रति सरकारले कृतज्ञता प्रकट गर्न चाहन्छ ।



    गभर्नरका अनुसार अपहरित २७९ विद्याथीलार्ई अपहरणकारीको नियन्त्रणबाट मुक्त गरी विद्यालय फिर्ता गरिएको छ । छिट्टै उनीहरूलाई आ–आफ्ना अविभावकको जिम्मा लगाइने उनले बताए ।

    यस अघि नाइजेरियाली सञ्चारमाध्यमले दिएको जानकारीमा ३१७ जना सशस्त्र समूहको अपहरणमा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गरी जनाएका थिए ।

    गभर्नरले उनीहरूको रिहाईका लागि कुनै फिरौती नतिरिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार