Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • महिलालाई दुर्व्यवहार गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व एसएसपी मल्ल पक्राउ

    महिलालाई दुर्व्यवहार गरेको अभियोगमा नेपाल प्रहरीका पूर्व एसएसपी मल्ल पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ फाल्गुन २०७७
  • 8.5K
    SHARES

    हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ललाई पक्राउ गरेको छ।

    उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि मल्ललाई सोमवार लाई प्रहरीले पक्राउ गरेको हो। मल्ल नेपाल प्रहरीका पूर्व एसएसपी समेत हुन।



    प्रहरीले उनलाई  अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाएको छ । प्रहरीले सोमबार नै मल्ललाई पक्राउ गरेपनि  घटनालाई गुपचुप राख्न खोजेको थियो ।



    तर पीडित पक्षले उद्योगमा आन्दोलन गरेर उद्योग बन्द गरेपछि प्रहरी बोल्न वाध्य भएको सिमेन्ट उद्योगका एक कर्मचारीले वताए।

    घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन्।

    मल्लले नै आतंक खडा गरेपछि कर्मचारी र स्थानीय वासिन्दाहरुले  हेटौंडाको चुरियामाइस्थित सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका हुन ।

    शंकर र अम्बे ग्रुपको सहकार्यमा निमार्ण भएको रिद्धिसिद्धी सिमेन्टले २०७५ सालको मध्यतिर उत्पादन थालेको थियो ।

    रिद्धिसिद्धी सिमेन्टका अध्यक्ष हुन शंकर ग्रुपका शंकरलाल अग्रवाल। कालोबजारीमा पक्राउ परि मुद्दा खेपेका सुलभ अग्रवालका भाई साहिल अग्रवाल रिद्धिसिद्धी सिमेन्टका प्रबन्ध निर्देशक हुन।

    उनीहरुले पक्राउ परेका मल्ललाई छुटाउन प्रहरीमा दबाब दिन थालेको स्रोत वताउँछ।

    रिद्धिसिद्धी सिमेन्टले स्थानीयबासीहरुको उचित ब्यवस्थापन बिना नै खानी सञ्चालन गरेपछि गिङुङुका करिब एक दर्जन परिवार बिस्थापित भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार