Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा विजयी

    म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा विजयी

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी विजयी भएको छ।

    लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई ४–१ गोलले पराजित गरेको हो । जितसँगै उसको उपाधि होडको दाबेदारी बलियो बनेको छ ।



    घरेलु मैदानमा भएको खेलमा सिटीले तीन गोल ग¥यो भने एक गोल उपहारमा पायो । उसका लागि गाब्रियल जिससले दुई तथा रियाद महरेजले एक गोल गरे ।



    खेलको १५ औँ मिनेटमा वुल्भ्सका डेन्डन्करले गरेको आत्मघाति गोलबाट सिटीले अग्रता लियो । खेलको ६१ औँ मिनेटमा कोडीले वुल्भ्सका लागि बराबरी गोल फर्काए । त्यसपछि सिटीले तीन गोल गरेको हो ।

    जिससले ८० र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे । यस्तै महरेजले ९० औँ मिनेटमा गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको सिटीको २७ खेलबाट ६५ अंक भएको छ ।

    एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड १५ अंकले पछि रहेको छ । यस्तै तेस्रो स्थानको लेस्टर सिटीभन्दा म्यानचेस्टर सिटी १६ अंकले अघि ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार