Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रुसी उच्च अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध

    रुसी उच्च अधिकारीमाथि अमेरिकाको प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.4K
    SHARES

    एजेन्सी । अमेरिकाले रुसी उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ ।

    विपक्षी नेता एलेक्सी नाभाल्नीलाई विष दिएर हत्या प्रयास भएको विषयमा अमेरिकाले रुसका शीर्ष अधिकारीमाथि प्रतिबन्ध लगाएको हो ।



    अमेरिकाले रुसका शीर्ष गुप्तचरसहितलाई निशाना बनाएर प्रतिबन्ध लगाएका हो । युरोपियन युनियनले यसअघि नै नाभाल्नी मुद्दामा रुसी अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो ।



    अमेरिकाले रुसका सात शीर्ष अधिकारी तथा रसायन तथा बायोलोजिकल उत्पादन क्षेत्रका १४ फर्ममाथि प्रतिबन्ध लगाएको हो ।

    नाभाल्नीमाथि ६ महिना पहिले साइबेरियाको उडानको क्रममा भएको विष आक्रमणमा रुसी सरकारको हात रहेको निष्कर्ष अमेरिकाले निकालेको छ ।

    नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक हुन् । रुसले नाभाल्नीमाथि भएको आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ ।

    नाभाल्नीलाई हाल रुस सरकारले जेलमा राखेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार