Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • रोनाल्डोको गोलको मद्दतमा युभेन्टस् विजयी

    रोनाल्डोको गोलको मद्दतमा युभेन्टस् विजयी

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    एजेन्सी । इटालियन सिरि ए फुटबलमा युभेन्टस् विजयी भएको छ ।

    मंगलबार राति भएको खेलमा स्पेजियालाई ३–० गोल अन्तरले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा पुगेको छ । युभेन्टसलाई जिताउन अल्भारो मोराटा, फेडरिको चेजा र क्रिष्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।



    मोराटाले दोस्रो हाफमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । खेलको ६२ औं मिनेटमा अग्रता लिएको युभेन्टसका लागि चेजाले ७१ औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए ।



    रोनाल्डोले निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी रहेका बेला गोल गरेका थिए ।

    जितसँगै युभेन्टस २४ खेलबाट ४९ अंकसहित लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ५२ अंक भएको एसी मिलान दोस्रो र ५६ अंक जोडेको इन्टर मिलान शीर्ष स्थानमा छ । स्पेजिया भने १६ औँ स्थानमा छ ।

    मंगलबारको खेलमा रोनाल्डोले कीर्तिमान बनाए । रोनाल्डोले पछिल्लो १२ सिजनमा लगातार २० भन्दा बढी गोल गरे ।

    आफ्नो ६ सयौं लिग खेलेका रोनाल्डोले युरोपका पाँच लिगमा २० भन्दा बढी गोल गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार