Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप

    सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    Joj:yflksf ;+;bsf] ;f]daf/ a;]sf] t];|f] clwj]zgsf] klxnf] a}7sdf ;xefuLx? ;f+;bx? . tl:a/ M /Tg >]i7, /f;; .

    काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुलाई आज कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ।

    सांसदहरुलई आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ।



    फागुन २३ गते संघीय संसदको हिउँदै अधिवेशन सुरु हुनु अगावै उनीहरुलाई खोप लगाइँदै छ । प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष तथा निजी सचिवालयमा कार्यरत कर्मचारीलाई समेत खोप दिइने छ ।



    संसदका मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने सचिवालयले जनाएको छ। आज छुटेका कमचारीलाई बिहीबार र शुक्रबार पनि खोप लगाइने बताइएको छ।

    फागुन २३ गतेदेखि भने ६० वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार