Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • प्रचण्ड-माधवसँगै सभामुखले लगाए कोरोना खोप

    प्रचण्ड-माधवसँगै सभामुखले लगाए कोरोना खोप

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्षद्वय प्रचण्ड र माधवले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।



    त्यस क्रममा प्रचण्डले उपयुक्त देखिएका सबैलाई खोप लगाउन अपिल गरेका थिए ।



    त्यस्तै, बुधबार सभामुख अग्निप्रसाद सापकोटाले पनि प्रचण्ड-माधवसँगै खोप लगाएका छन् ।

    बुधबार बिहान १० बजेदेखि चार बजेसम्म संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम छ ।

    खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित रहेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार