Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल गर्न फागुन २१ गते शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बोलाएका हुन् ।



    प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार संसद पुनर्स्थापनापछि देखिएको गतिरोध अन्त्यका लागि कांग्रेसको भूमिकाका विषयमा छलफल हुनेछ ।



    २३ गते बस्ने प्रतिनिधिसभा बैठकका सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ ।

    बैठकमा पार्टी सभापति तथा दलका नेता शेरबहादुर देउवाले वर्तमान वस्तुस्थितिबारे ब्रिफिङ गर्ने छन् ।

    संसद विघटन र पुनःस्थापनाको चक्करबीच बस्न लागेको बैठकलाई महत्वका साथ हेरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार