Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

    तनहुँमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता हुँदै

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.1K
    SHARES

    तनहुँ। तनहुँको देवघाट गाउँपालिकाले नारी दिवसका अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो ।



    देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको हुने गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।



    गाउँपालिकाले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्दैछ । त्यसमध्ये श्रीमान् बोकेर दौडिने प्रतियोगिता नयाँखाले कार्यक्रम हो । तनहुँ जिल्लामा यसअघि केही वर्ष पहिले क्षेत्रीय होटल सङ्घ तनहुँले दमौलीमा श्रीमान्ले श्रीमती बोक्ने प्रतियोगिता आयोजना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार