Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ। पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

    बुधबार संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगम अगाडि प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनमा विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।



    निगमले सोमबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको थियो । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रुपैयाँका दरले बढाइएको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय १६ रुपैयाँ, डिजेल तथा मट्टितेलको ९९ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य ७२ रुपैयाँ र बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९३ अमेरिकी डलर र ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँमा यथावत राखिएको छ ।

    यस्तै, यो  मूल्यमा बिक्री गर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ रुपैयाँ, डिजेलमा ६.५६ रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर ३ सय ९२ रुपैयाँ ८२ पैसा नोक्सान रहेको निगमले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार