Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जिपको ठक्करबाट साथीको मृत्यु भएपछि सडकै विद्यार्थीको प्रदर्शन

    जिपको ठक्करबाट साथीको मृत्यु भएपछि सडकै विद्यार्थीको प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.9K
    SHARES

    काठमाडौँ। ललितपुरको एकान्तकुनामा आज भएको जिप दुर्घटनामा एक जना विद्यार्थी साथीको मृत्यु भएपछि उनका साथीहरुले सडकमै  प्रदर्शन गरेका छन् ।

    स१ज ५६७ नं को जीपले दाहाललाई बिहान ६ ठक्कर दिएको थियो । ठक्कर दिँदा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।



    ठक्कर दिएपछि जिपले उनलाई ‘ब्याक’ गरेर मारेको विद्यार्थीले आरोप लगाएका छन् । बाटो छेकेर प्रदर्शन गरिरहेका उनीहरूले आफ्नी साथीको हत्या भएको भन्दै जिप चालकलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।



    उक्त घटनापछि अहिले कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

    दाहाल सोही क्याम्पसका विद्यार्थी हुन् । गाडी र त्यसका चालकलाई पक्राउ गरिसकिएको  परिसरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार