Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसदीय दलको नेताबाट ओलीलगायत शीर्ष नेताहरुलाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

    संसदीय दलको नेताबाट ओलीलगायत शीर्ष नेताहरुलाई हटाउने प्रचण्ड-माधव समूहको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको आज बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलगायत ओलीसमूहका शीर्ष नेताहरुलाई हटाउने भएको छ ।

    पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसदीय दलको उपनेताबाट सुवासचन्द्र नेम्वाङलाई समेत हटाउने निर्णय गरेको छ ।



    त्यस्तै केही दिनअघि नेकपा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट मुख्य सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईलाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य युवराज चौलागाईंले जानकारी दिए ।



    बैठकले प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका केन्द्रीय सदस्यबाट सूर्य थापालाई हटाएको छ ।

    त्यस्तै सहरी विकासमन्त्री प्रभु साह, महेश बस्नेत, गोकुल बाँस्कोटा, शान्ता चौधरीलाई केन्द्रीय सदस्यबाट निष्कासन गर्ने निर्णय गरिएको चौलागाईले जानकारी दिए

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार