Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • गोङ्गबु हत्याकाण्ड : कल्पनालाई जन्मकैद, मृतकको परिवारलाई ५५ हजार मात्र ?

    गोङ्गबु हत्याकाण्ड : कल्पनालाई जन्मकैद, मृतकको परिवारलाई ५५ हजार मात्र ?

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी प्रमुख कल्पना मुडभरी पौडेललाई आजीवन जेल सजाय सुनाइएको छ ।

    अदालतले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई प्रमुख अपराधी ठहर गर्दै आजीवन जेल सजाय सुनाएको हो ।



    गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।



    उक्त घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते जिल्ला अदालत काठमाडौँले आजीवन जेल सजाय सुनाएको हो ।

    न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर जेलको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिएको छ ।

    साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार