Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जिउँदै मान्छे जलाउने आलमलाई छुटाउन पहल गरिरहेको देउवाद्वारा खुलासा

    जिउँदै मान्छे जलाउने आलमलाई छुटाउन पहल गरिरहेको देउवाद्वारा खुलासा

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 2.7K
    SHARES

    रौतहट । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमलाई छुटाउन पहल गरिरहेको बताएका छन् ।

    बुधबार गढीमाई नगरपालिका –६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन गर्दै सभापति देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जेलमा रहेका निलम्बित सांसद आलमलाई छुटाउन आफूले पहल गरिरहेको बताएका हुन् ।



    सभापति देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिलेपनि अदालती प्रक्रियामा रहेकाको र आफुलेअदालती प्रक्रियाबाटै उहाँलाई छुटाउन प्रयासरत रहेको बताएका छन्।



    अर्को प्रसङ्गमा उनले देशबाट अहिले कोरोना पूर्णरुपमा समाप्त नभएकाले विज्ञको सल्लाहअनुसार अनिवार्य मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न सबैलाई आग्रह समेत गरे । पूर्वप्रधानमन्त्री देउवालाई नगर प्रमुख श्यामबाबुु यादवलगायतले स्वागत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार