Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  •  सवारी दुर्घटनामा २ जनाको मृत्यु 

     सवारी दुर्घटनामा २ जनाको मृत्यु 

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.3K
    SHARES

    फाइल फोटो

    सप्तरी। खडक नगरपालिका-४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले स.७ प ५३२४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ६० वर्षीय सकिल रहमानको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको नर्सिङगहोम लहान सिरहा हुँदै बिराट नरसिंह होम बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

    धनुषा, शहिदनगर नगरपालिका-३ झण्डा चोकमा प्र.२-०२-००३ प ६१७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ हट्टिपुर बस्ने २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 



    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ । 



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार