Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै पूर्व मिस नेपाल खतिवडा

    अध्ययनका लागि हार्वर्ड विश्वविद्यालय जाँदै पूर्व मिस नेपाल खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    काठमाडौँ। पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वविद्यालय हार्वर्डमा अध्ययनका लागि जाने भएकी छन् ।

    उनले आगामी अगस्ट महिनामा अध्ययनका लागि अमेरिका जान लागेको जानकारी दिएकी हुन्।



    हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् । शृङखला नेपालमा आर्किटेक्चरमा स्नातकसम्मको गरेकी छन् ।



    ‘आट्यो भने सकिन्छ नि भन्ने लाग्यो। त्यसका लागि धेरै अध्ययन् र अनुसन्धान गरेँ नभन्दै दुई महिनामै काम भयो,’ उनले भनिन् ।

    उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् । खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार