Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • विप्लवसँगको वार्ताको नयाँ अध्याय, एकै दिन दुई चरणको वार्ता

    विप्लवसँगको वार्ताको नयाँ अध्याय, एकै दिन दुई चरणको वार्ता

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौँ। सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबीच एकै दिन दुई चरणको वार्ता भएको छ ।

    बुधबार अपरान्ह दोस्रो चरणको वार्ता सम्पन्न भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिएका छन् ।



    उनले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको पनि उनले दाबी गरेका छन् । वार्ता सकारात्मक निष्कर्षमा पुग्ने भट्टराईले उल्लेख गरेका छन् ।



    वार्ताको बारेमा सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले भनेका छन्, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द ९विप्लव०ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’

    यसअघि बुधबार विहान पहिलो चरणको वार्ता सकारात्मक रहेको सरकारले दाबी गरेको थियो ।

    एकैदिन दुई चरणको वार्ता हुनु चासोको बिषय रहेको देखिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार