Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोशीमा बगिरहेका माझीलाई यसरी बचायो एपीएफ टोलीले

    कोशीमा बगिरहेका माझीलाई यसरी बचायो एपीएफ टोलीले

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    फाइल फोटो

    सुनसरी । सशस्त्र प्रहरी बलको टोलीले सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ७ स्थित सिसौली घाटस्थित कोशी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० बर्षिय दुर्गा माझीलाई सकुशल उद्धार गरेको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपीएफ टोलीले १८ गते माझीको तत्कालै उद्धार गरेकोे हो ।



    माझीजातीहरुको महान चाड कोशी पूजाको लागि कोशी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।



    सोही ठाउँमा ड्यूटीमा परिचालित एपीएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै तत्कालै गएर सो घाट भन्दा करीब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार