Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • कोरोनाको त्रास नसकिँदै कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    कोरोनाको त्रास नसकिँदै कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    एजेन्सी। कोरोना भाइरसको त्रास नसकिँदै अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ ।

    ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो । अफ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो ।



    सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ ।



    कंगोमा ११ जना इबोलाका विरामी भेटिएका छन् । तीमध्ये चार जनाको निधन भएको छ । त्यसैगरी गुएनामा १७ जनामा इबोलाको संक्रमण भेटिएको थियो । त्यसैगरी गुएनामा सात जनाको निधन भएको थियो ।

    सन् २०१४ मा पश्चिम अफ्रिकामा इबोला भाइरसको प्रकोप पाइएको थियो । त्यसमा परेर कम्तीमा पनि १३ हजार मानिसको ज्यान गएको थियो । अहिले पनि अफ्रिकामा यस भाइरसका संक्रमितहरु भेटिन थालेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार