Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डिम्याट खाता खेल्नेको संख्या ३० लाख नाघ्यो, कारोबार गर्ने ४ लाख मात्रै

    डिम्याट खाता खेल्नेको संख्या ३० लाख नाघ्यो, कारोबार गर्ने ४ लाख मात्रै

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । नेपालमा डिम्याट खाता खेल्नेको संख्या ३० लाख नाघेको छ ।

    पछिल्लो समय सेयर बजारमा सर्वसाधाणको आकर्षण बढेसँगै डिम्याट खाता खोल्नेको संख्या बढेको हो ।



    बुधबारसम्म डिम्याट खाता खोल्नेको संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेको सेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।



    सेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।

    डिम्याट खाता खोल्नेहरुको संख्या ३० लाख नाघे पनि दैनिक बजारमा कारोबार गर्नेहरुको संख्या भने अत्यन्तै कम छ । अहिले दैनिक कारोबार गर्ने लगानीकर्ताहरुको संख्या ४ लाख हाराहारीमा रहेको नेपाल स्टक एक्सचेञ्जले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार