Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • प्रचलित कानुन र स्थापित नजिरको आधारमा उपयुक्त निर्णय गर्न निर्वाचन आयोगसमक्ष आग्रह

    प्रचलित कानुन र स्थापित नजिरको आधारमा उपयुक्त निर्णय गर्न निर्वाचन आयोगसमक्ष आग्रह

    अनलाइन नेपाल
  • बुधबार, १९ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं ।  नेकपाको आधिकारिताको विषयमा निर्वाचन आयोगले निर्णय दिन ढिला गरेको बेला पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले  प्रचलित कानुन र स्थापित नजिरहरूको आधारमा उपयुक्त निर्णय यथाशीघ्र दिन आयोगलाई आग्रह गरेका छन् ।

    पूर्वप्रमुख निर्वाचन आयुक्तहरू सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले संयुक्त विज्ञप्ति जारी गरेर यथाशीघ्र निर्णय दिन आग्रह गरेका हुन ।



    राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको निर्णयक्षमता र स्वायत्तताको विषयमा उठाइएका प्रश्नले गम्भीर बनाएको उनीहरूको भनाइ छ ।



    नेकपाको आधिकारिताको विषयमा आयोगले निर्णय दिन ढिला गरेको भन्दै आलोचना भइरहेको छ । नेकपा प्रचण्ड–माधव नेपाल समूहले पटक–पटक छिटो निर्णय दिन आयोगलाई आग्रह गर्दै आएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार