Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • इटालियन सिरीमा एसी मिलान बराबरीमा रोकियो

    इटालियन सिरीमा एसी मिलान बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.5K
    SHARES

    एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एसी मिलान बराबरीमा रोकिएको छ ।

    घरेलु मैदानमा भएको खेलमा उपाधि होडमा रहेको एसी मिलान युडिनेससँग १–१ गोलको बराबरीमा रोकिएको हो ।



    युडिनेशका लागि खेलको ६८ औँ मिनेटमा नास्किमिएन्तो फ्रान्काले गोल गरेर सुरुवाति अग्रता दिलाएका थिए । एसी मिलानका लागि इन्जुरी समयमा केसिएले बराबरी गोल गरेका हुन् ।



    बराबरीपछि दोस्रो स्थानको एसी मिलानको २५ खेलबाट ५३ अंक भएको छ । शीर्ष स्थानको इन्टर मिलानको २४ खेलबाट ५६ अंक छ ।

    बुधबार राति नै सम्पन्न अन्य खेलमा एट्लान्टाले क्रोतोनेलाई ५–१ गोलले, हेलास भेरोनाले वेनेवेन्तोलाई ३–० गोलले, काग्लिएरीले बोलोग्नालाई १–० गोलले तथा रोमाले फियोरेन्टिनालाई २–१ गोलले पराजित गरेको छ ।

    यस्तै जेनोआ र साम्पाडोरियाले १–१ गोल तथा सासुओलो र नापोलीले ३–३ गोलको बराबरी खेले ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार