Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओलीको रणनीति बुझेपछि दल विभाजन गर्नबाट पछि हट्यो प्रचण्ड–माधव समूह

    ओलीको रणनीति बुझेपछि दल विभाजन गर्नबाट पछि हट्यो प्रचण्ड–माधव समूह

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 6.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड–माधव समूहले दवाव दिँदैमा राजीनामा आउन सम्भावना निकै कम  देखिएको छ । संवैधानिक र कानूनी आधारमा ओली निकै बलियो देखिएका छन् ।

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेपाली कांग्रेसको समर्थन र साथ आवश्यक पर्छ । कांग्रेसले ओलीलाई हटाएर प्रचण्ड वा माधवलाई प्रधानमन्त्री बनाउन चाहेको छैन । प्रचण्ड वा माधवभन्दा कांग्रेसका लागि ओली नै सबैभन्दा उपयुक्त पात्र भएको सभापति शेरवहादुर देउवाले संकेत गरिसकेका छन्।



    पार्टीभित्रको व्यक्तिगत झगडाका कारण नेकपाका नेताहरू सडकसम्म पुगेका छन् । पार्टी विभाजन गर्न दुबै समूह डराएका छन् । अहिलेसम्म निर्वाचन आयोगमा आधिकारिक रुपमा दल दावी गर्न गएका छैनन् ।



    उनीहरूले आ–आफूलाई आधिकारिक भन्ने गरेका छन् । चाहे जे भएपनि कानूनअनुसार ओली बलियो छन् । नेकपाको दस्तावेजहरूमा ओलीको हस्ताक्षर छन् । प्रचण्डलाई नेकपाको अध्यक्षका रुपमा निर्वाचन आयोगमा पुगेका दस्तावेजहरूले अध्यक्षका रुपमा चिन्दैन । प्रचण्डलाई सह–अध्यक्षका रुपमा निर्वाचन आयोगले चिनेको छ । महासचिव पनि ओलीसँग छन् ।

    त्यति मात्रै होइन प्रचण्ड–माधव समूहलाई संसद सचिवालयले पनि चिनेको छैन । सभामुख अग्निप्रसाद सापकोटाले प्रचण्ड–माधव समूहलाई साथ दिए पनि कानून र संविधानअनुसार ओली समूहलाई नै मान्यता दिनुपर्ने देखिन्छ ।

    केही दिन अगाडि ओलीले संसदीय दलबाट प्रमुख सचेतक देवप्रसाद गुरुङलाई हटाइदिएका छन् । गुरुङको ठाउँमा ओलीले विशाल भट्टराईलाई नियुक्त गरेका छन् । संसदीय दलको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यसको जानकारी संसद सचिवालयलाई पठाएका छन् ।

    यही कुरा बुझेर ओलीले दल विभाजन गरेका छैनन् । ओलीको रणनीति बुझेका प्रचण्ड–माधव समूह पनि दल विभाजन गर्न डराएको छ ।

    संसद बैठक चल्यो भने नेकपाभित्रको विवाद अझै उत्कर्षमा जानेछ । नेकपाभित्रको विवाद मिलाउन दोस्रो वरीयताका नेताहरू सक्रिय छन् । उनीहरू सक्रिय भएपनि ठोस सहमति भएको छैन ।

    ओलीलाई हटाउन प्रचण्ड–माधव समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेर अनुरोध गरेका छन् । देउवाले हरेक पटक नेकपा फुटेको प्रमाणपत्र खोजेपछि ओली र प्रचण्ड–माधव समूह तनाबमा पर्दै आएको छ ।

    नेकपाको विवादलाई राजनीतिक रुपमा जे भने पनि तत्कालीन सचिवालयका ९ जना नेताहरूको स्वार्थले यो अवस्था आएको हो । ओलीले पद छाड्न नचाहने । प्रचण्डलाई नभइ नहुने भएपछि विवादले ठूलो रुप लिएर पार्टी विभाजनको अवस्थामा पुगेको छ ।

    यो विषयले गर्दा मुलुक संकटमा परेको छ ।

    नेकपा फुटाएका प्रचण्ड–माधव समूहले महासचिव तोक्न सकेका छैनन् । माधव नेपालले सुरेन्द्र पाण्डेलाई महासचिव बनाउन चाहेका छन् । प्रचण्डले जनार्दन शमालाई महासचिव बनाउन खोजेका छन् ।

    ओलीसँग कुरा नमिलेर अलग पार्टी बनाएका प्रचण्ड–माधव समूह महासचिवको विषयमा विवाद गरेपछि अर्को बबण्डर भएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार