Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • पहिलो लेगको हार उल्टाउँदै बार्सिलोना फाइनलमा

    पहिलो लेगको हार उल्टाउँदै बार्सिलोना फाइनलमा

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौं । पहिलो लेगमा ब्यहोरेको २–० को हार उल्टाउँदै बार्सिलोनाले सेभियालाई दोस्रो लेगमा ३–० ले पराजित गर्दै कोपा डेल रेको फाइनलमा स्थान बनाएको छ । नाटकीय खेलमा बार्सिलोनाले समग्रमा ३–२ को जीत हासिल गर्न सफल भएको हो ।

    कीर्तिमानी ३१ औँ पटक प्रतियोगिताको उपाधि जित्ने होडमा रहेको बार्साले अब फाइनलमा एथ्लेटिक बिल्बाओ र लेभान्तेबीचको विजेतासँग भिड्नेछ ।



    ३० मिनेटको अतिरिक्त समयको शुरुवातमा नै मार्टिन ब्राथवेटले निर्णायक गोल गर्दै बार्सिलोनालाई जीत दिलाए । खेलमा ओसमान डेम्बेलेले बार्सिलोनालाई १२ औँ मिनेटमा नै अग्रता दिलाएका थिए ।



    त्यसपछि लुकास ओकाम्पोसले सेभियालाई पेनाल्टीबाट गोल गर्न चुकेको थिए । फर्नान्डोले रातो कार्ड खाँदै बाहिरिएपछि सेभिया १० खेलाडीमा सिमित बन्यो । जेरोर्ड पिकेले इन्जुरी समयमा गोल गर्दै खेल २–२ को बराबरी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार