Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सरकार चलाउन तयार छौं

    सरकार चलाउन तयार छौं

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 3K
    SHARES

    प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभाजन हुन पुगेको नेकपा अहिलेसम्म मिल्ने छाँटकाँट छैन । सर्वोच्च अदालतले संसद विघटन गर्ने ओलीको फैसला खारेज गरेपछि नेपाली कांग्रेस प्रदेश र केन्द्र सरकारको नेतृत्व गर्न तयारीका साथ बसेको छ भनेर आरोप लागेको छ । बागमती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने तयारी गरेको चर्चा छ । सोही विषयमा बागमती प्रदेश, नेपाली कांग्रेसका नेता ईन्द्र बानियाँसँग अनलाइननेपाल डटकमले गरेकाे अन्तर्वार्ताको सम्पादित अंश :

    ० बागमती प्रदेशमा नेपाली कांग्रेसको भूमिका के हो ?
    – बागमती प्रदेशमा नेपाली कांग्रेसका भूमिका भनेको कसरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ? कसरी बलियो बनाउने ? यो व्यवस्थाप्रति जनताको विश्वास जगाने हाम्रो भूमिका त्यतातिर लक्षित र केन्द्रित छ । मैले देखेको कांग्रेसको भूमिका यही हो ।



    ० प्रदेश सभाको बैठक सत्तापक्षले मनपरी रुपमा अनिश्चितकालको लागि स्थगित गरेको छ । यो विषयमा कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निभाउन सकेन भन्ने आरोप छ नि ?
    – प्रदेश सभामा प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाभित्रकै आन्तरिक किचलोको कारणले अविश्वासको प्रस्ताव दर्ता भएको छ । त्यो अविश्वासको प्रस्तावमा हामीले नै उनीहरूको बीचमा द्वन्द्व भएर अविश्वासको प्रस्ताव प्रवेश गरेको छ । अविश्वासको प्रस्तावनै प्रदेश सभामा टेबुल भएको थिएन । हामीले सभामुखलाई प्रमुख प्रतिपक्षको धर्म निर्वाह गरेर सभामुख निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्छ । सहयोगीको भूमिकामा हुनुपर्छ भनेर सभामुखलाई दर्ता भएको विषयलाई टेबुल गर्न लगाएका छौँ ।



    टेबुल गरेपछि त्यो विषयलाई कसरी हुन्छ छलफलमा अगाडि बढाउनुपर्छ । छलफल गरेर निष्कर्षमा पु¥याउनको लागि पहल गर्नुपर्छ । भोटिङ प्रक्रिया गरेर त्यसलाई छिनोफानो गर्नुपर्छ । सभामुखले एक्कासि प्रदेश सभालाई अनिश्चितकालीन स्थगित गर्नुभएको छ । यो कुरा दुर्भाग्य हो । सभामुखलाई भनेका छौँ । राजनीतिक सहमतिमा कार्यव्यवस्था परामर्श समितिको सक्रियता र सभामुखको पहलामा बसेको बैठकको सहमतिको उल्लंघन भयो । यस्तो प्रक्रिया नगरियोस् । नेकपाभित्रको दुइटा पक्ष छ ।

    कांग्रेसले वडा तहदेखिनै विरोध गरेको छ । कांग्रेसले लोकतन्त्रमा विश्वास गर्छ । चुनाव पनि कांग्रेसले फेस गर्छ । चुनावबाट भाग्दैन भन्ने निर्णय कांग्रेसको केन्द्रीय कार्यसमितिबाट निर्णय गरेको छ ।

    एउटा अविश्वासको प्रस्ताव राख्ने अष्टलक्ष्मी शाक्य र शालिकराम जमकट्टेल, रामेश्वर फुयाँल र रामेश्वर पाण्डे यी सबै पक्ष बसेर कुरा भयो । कसरी प्रदेश सभा चलाउने भन्ने कुरामा सहमति भएको थियो । परिस्थितिलाई हेरेर माथि संघीय अवस्थालाई हेरेर यसलाई केही समय विषय अगाडि बढाएर आवश्यक पर्यो भने केही गरौँला भन्दाभन्दै एक्कासि सूचना टाँस गरेर स्थगित गरियो । संसदीय मर्यादा, संसदीय सहमति, सल्लाहलाई दवाव र प्रेसमा पर्नुभयो । कुनै प्रेसर र दवावमा सभामुख जस्तो व्यक्ति पर्नु हुँदैन । सभामुख निष्पक्ष हुनुपर्छ । प्रदेश सभालाई चाँडै बोलाएर अविश्वासको प्रस्तावलाई निष्कर्षमा पुर्याउनुपर्छ ।

    ० अनिस्चितकालका लागि स्थगित भएको प्रदेश सभा खोल्ने विषयमा प्रमुख विपक्षी दलको नेताको हैसियतले वार्ता, सम्वाद र पहल गर्नुभएको छ कि छैन ?
    – प्रदेश सभा खोल्नका लागि पनि कुराहरू भइरहेको छ । नेकपाभित्रको दुबै पक्षसँग पनि कुरा भएको छ । अविश्वासको प्रस्तावलाई एउटा ढंगले छलफल गरेर जानुपर्छ भनेका छौँ । सभामुखले माथिको परिस्थिति पनि संसद विघटन बदर भएर प्रक्रियामा अगाडि बढेको छ । संसद आह्वान पनि भएको अवस्था छ । प्रतिनिधि सभाको परिस्थितिलाई पनि हेरेर प्रदेश सभामा अविश्वासको प्रस्तावमा एउटा ढंगले चाँडो निष्कर्षमा पु¥याउनको लागि दुबै पक्षसँग छलफल गरेर फागुनको अन्तिम वा चैतको पहिलो हप्ताभित्र संसद बोलाएर टुंगो लगाउनुपर्छ ।

    ० नेपाली कांग्रेस अविश्वासको प्रस्तावको पक्षमा छ वा विपक्षमा छ ?
    – कांग्रेस अहिले न अविश्वासको प्रस्तावको विपक्षमा छ । न विश्वासको पक्षमा छ । कांग्रेस लोकतन्त्रलाई संघीय व्यवस्थालाई प्रदेशको संसदलाई कसरी स्थायित्व दिने, प्रदेश भएको महशुस कसरी गराउने, यसलाई सहज रुपमा कसरी अवतरण गराउने अविश्वासको पक्षमा र विपक्षमा भन्दा नेपाली कांग्रेसको संसदीय दलको विधि र विधानले गरेको निर्णयले अन्तिम निष्कर्ष के गर्ने भन्ने कुरा हामी उपयुक्त समय आएपछि उपयुक्त निर्णय गर्नेछौँ ।

    ० कांग्रेसले बागमती प्रदेशमा प्रधानमन्त्री खड्गप्रसाद ओली पक्षीय मुख्यमन्त्री डोरमणि पौडेललाई भित्री रुपमा समर्थन गरेको छ भनेर आरोप लागेको छ नि ?
    – न हामीले डोरमणि पौडेललाई सपोर्ट गरेका छौँ । न अरुलाई सपोर्ट गरेका छौँ । कांग्रेसको पृष्ठभूमि अनुसार यसलाई समर्थन गर्ने वा उसलाई समर्थन गर्ने भन्ने होइन । नेपाली कांग्रेसको प्रदेश सभाको संसदीय दलको बैठक बसेर के गर्दा ? प्रदेश सभाको हितमा, लोकतन्त्रको हितमा, संघीय गणतन्त्रमा नेपाली कांग्रेसले लिएको कदमले लोकतन्त्र बलियो बनाउने पक्षमा हामी समय आएपछि निर्णय गर्नेछौँ ।

    ० बागमती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्ने मौका पायो भने सरकार चलाउँछ वा चलाउँदैन ?
    – प्रमुख प्रतिपक्ष भनेको वेटिङ प्रतिपक्ष हो । नेकपाको किचलो आइसकेपछि, जनताले प्रचुर बहुमत दिएपछि, उहाँहरूले सरकार चलाउन नसकेपछि सरकार चलाउन वेटिङ दलको हक र अधिकार नै रहन्छ । सरकार चलाउने कुरामा हामी तयार छौँ । आतुर चाहिँ होइन, हामी तयार छौँ ।

    ० कोसँग मिलेर सरकार चलाउनु हुन्छ ?
    – कांग्रेसको प्रदेशसभा संसदीय दलले परामर्श गरेर निर्णय गर्छौं । संसदीय दलको नेताको हैसियतले गैरजिम्मेवार कुरा भन्न मिल्दैन । सबै साथीहरूको परामर्श लिएर उपयुक्त समयमा उपयुक्त निर्णय दिएर निष्कर्षमा पु¥याउने, भोटिङको अवस्थामा जाने र अविश्वासको प्रस्ताव पास गर्ने वा अर्को ढंगले कसरी जाने भनेर छलफल गरेर हामी टुंग्याउँछौँ ।

    ० बागमती प्रदेशमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व गर्ने मौका पायो भने मुख्यमन्त्री को बन्छ ?
    – पार्टी सरकारमा जाने, पार्टीले नेतृत्व गरेर जाने भनेपछि स्वभाविक रुपमा नेपाली कांग्रेसको विधि प्रक्रिया, प्रदेश सभाको संसदीय दलको नेताको हैसियतले नेतृत्व गरेको छ । भूमिका खेलेर मुख्यमन्त्रीको लागि संसदीय दलको नेताकै नेतृत्वमा सरकारको नेतृत्व गर्न जान्छ । त्यसमा अन्यथा कुरै छैन ।

    ० कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, गगन थापाहरू प्रदेश सभामा अविश्वासको प्रस्तावको विपक्षमा भोट हाल्न भनेका छन् नि ?
    – नेता नेतृत्वले आ–आफ्नैभित्र कांग्रेसको विचारको प्रभाव भइरहन्छ । २००७ सालमा वीपी कोइरालाले सशस्त्र क्रान्ति गर्नेभन्नुभयो । सुवर्णशम्शेर राणाले राजासँग मिलेर र सशस्त्र विद्रोह भयो । किशुनजीले अहिंसात्मक काम गर्नुभयो । कांग्रेसभित्र त्यस बेला तीन वटा विचार थियो । संसद विघटनप्रति दुइटा विचार आएको छ । यो अलोकतान्त्रिक र असंवैधानिक गतिविधि हो ।

    कांग्रेसले वडा तहदेखिनै विरोध गरेको छ । कांग्रेसले लोकतन्त्रमा विश्वास गर्छ । चुनाव पनि कांग्रेसले फेस गर्छ । चुनावबाट भाग्दैन भन्ने निर्णय कांग्रेसको केन्द्रीय कार्यसमितिबाट निर्णय गरेको छ । संसद पुुनःस्थापना हुने सम्भावना पनि थियो । कांग्रेसले संसद पुनःस्थापना पनि हुनुपर्छ । केही गरि न्यायालयले ल्याएको निर्णय मान्ने भनेको छ । निर्वाचनमा जान तयार छौँ भनेका थियौँ । प्रदेश सभाका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्ति ‘कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड’ बिचार आउन सक्छ । नेपाली कांग्रेसको संसदीय दल बागमती प्रदेशले गरेको निर्णयनै अन्तिम हुन्छ ।

    ० तपाई मुख्यमन्त्री बन्न लाइनमा बस्नुभएको छ त्यसो भए ?
    – म लाईनमा होइन । मुख्यमन्त्री बन्न संख्या पुग्नु पर्यो । ११० मा मुख्यमन्त्री बन्न कम्तिमा पनि ५६ जना आवश्यक संख्या हुन्छ । नेकपाभित्रको ४५ जनाको अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावलाई पूर्णता पाउनको लागि, पास हुनको लागि पास हुनका लागि पनि प्रक्रियामा छ ।

    ० तपाईहरू मुख्यमन्त्री पौडेलसँग मिलेर सरकारमा जानु हुन्छ ?
    – हामी कोसँग जाने भन्ने कुरा हो । संख्या पुर्याउनको लागि पनि उहाँहरू एउटासँग मिल्नैपर्छ । एकातिर ३५ छ । अर्कोतिर ४५ छ । कांग्रेस २२ छ । नेपाली कांग्रेसको साथमा सरकार बन्छ । कांग्रेस कता लाग्ने कुरा कांग्रेसको संसदीय दलले अन्तिम निर्णय गरेपछि जे निर्णय हुन्छ त्यो बाटोमा कांग्रेस सरकार निर्माणमा लाग्छ ।

    ० तपाई मुख्यमन्त्री बन्ने तयारीमा हुनुन्छ । उता, प्रतिनिधि सभाका लागि मंसिर/पुसमा चुनाव हुने चर्चा चलिरहेको छ । तपाई प्रदेशमा बस्नु हुन्छ वा केन्द्रको राजनीति गर्नु हुन्छ ? यदि प्रतिनिधि सभाको निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने भयो भने तपाईले प्रदेश सभाबाट राजीनामा दिनु हुन्छ वा दिनु हुँदैन ?
    – निर्वाचनको तिथिमिति तोकियाे भने प्रदेशको राजनीतिक अवस्थालाई हेरेर नेपाली कांग्रेस मकवानपुर र बागमती प्रदेश सिंगो प्रदेशलाई हेर्दा मेरो आवश्यक्ता पर्यो भने हेटौँढामा रहर मानेको छ । समयले जे माग्छ कांग्रेसको निर्णय त्यही आउँछ । प्रदेशमा बसेर काम गर्ने वा संघीय संसदमा लड्ने मैले तय गर्ने कुरा होइन । अहिलेनै त्यो विषयमा प्वाक्क बोल्नु उपयुक्त नहोला ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार