Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • घुस दिन खोज्नेको नाम लुकाउने मन्त्रीमाथि थप आशंका : वन प्राविधिक संघ

    घुस दिन खोज्नेको नाम लुकाउने मन्त्रीमाथि थप आशंका : वन प्राविधिक संघ

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न आफूलाई एक अर्ब रुपैयाँको प्रलोभन देखाएको भनी दिएको अभिव्यक्तिप्रति नेपाल वन प्राविधिक संघले विरोध जनाएको छ ।

    बिहीबार संघका अध्यक्ष कुमुद श्रेष्ठ र महासचिव बसन्तबाबु श्रेष्ठले सयुक्ततुप्मा विज्ञप्ति जारी गर्दै  मन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भ्रष्टाचारजन्य कुरा हुँदा उजुरी गर्नुपर्नेमा प्रचारवाजी गरेको भन्दै विरोध जनाएको हो ।



    ‘माननीय मन्त्रीज्यूले सञ्चार माध्यममा बोल्नुअगाडि घुस खुवाउन आउने व्यक्तिहरुलाई कारवाही गर्न सम्बन्धित सरकारी निकायमा सूचना दिनु अति आवश्यक थियो’ विज्ञप्तिमा भनिएको छ ।



    यति ठूलो रकम प्रस्ताव गर्ने व्यक्तिको नाम सार्वजनिक गरी कारबाही गर्नुपर्नेमा मन्त्रीले नाप गोप्य राख्नुले आशंका बढेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार