Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

    ताप्लेजुङमा मेयर र अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 2.1K
    SHARES

    ताप्लेजुङ। फुङ्लिङ नगरपालिकाले मेयर कप तथा सिरिजङ्घा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएका छन् । फुङ्लिङले तेस्रो संस्करणको मेयर कप अन्तरपालिकास्तरीय र सिरिजङ्घाले प्रथम अध्यक्ष कप वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

    यही फागुन २४ देखि २७ सम्म प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता सञ्चालन हुने सिरिजङ्घाका अध्यक्ष टीकाराम गुरुङले जानकारी दिए । गाउँपालिकाका आठ वडामा आठ खेलाडीले सहभागी बन्न पाउनेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ५० हजारका साथ रनिङ कप, दोस्रो हुनेलाई रु ३० हजार, तेस्रो हुने टोलीलाई रु २० हजार र सान्त्वना पुरस्कारवापत रु १० हजार प्रदान गर्ने उनले बताए ।



    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु पाँच हजार, उदयीमान खेलाडीलाई रु तीन हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई रु एक हजारले पुरस्कृत प्रदान गर्ने पालिकाले जनाएको छ । वडास्तरमा गरिने खेलाडी छनोटमा आवश्यक व्यवस्थापन गर्न प्रतिवडामा रु २५ हजारका दरले रकम उपलब्ध गराइने जनाइएको छ ।



    यही १३ देखि १५ चैतसम्म फुङ्लिङमा मेयर कप अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । फुङ्लिङ उपप्रमुखले बमबहादुर भट्टराईले प्रतियोगिताका विजेताले रु दुई लाख २१ हजार १०० का साथ रनिङ कप पाउने जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार