Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रधानमन्त्री ओलीको निरन्तरता अस्वीकार्य : गगन थापा

    प्रधानमन्त्री ओलीको निरन्तरता अस्वीकार्य : गगन थापा

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.6K
    SHARES

    सर्लाही। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरन्तरता अब स्वीकार्य नहुने  बताएका छन् ।

    बिहीबार नेपाल प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता थापाले अब प्रधानमन्त्रीलाई बिदा गर्नेतर्फ काँग्रेसका नेता कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।



    पहिले सरकारमा जाने नजाने भन्दा पनि सरकार कसरी हटाउने भन्नेमा अब काँग्रेसले ध्यान दिनुपर्ने तथा प्रधानमन्त्रीलाई निरन्तरताबाट हटाउनेतर्फ लाग्नु पर्ने नेता थापाले बताए ।



    फरक प्रसंगमा नेता थापाले भने, यदि साँच्चिकै देश विकास गर्ने हो भने देशको प्रधानमन्त्री बन्नु भन्दा पहिले पाँच वर्षको लागि जनताले देश चलाउन कुनै पनि पार्टिलाई म्यानडेट दिए हुने र देश विकास गर्न प्रधानमन्त्री बनेको दिनदेखि बाहिरिने दिन सम्मको तालिका बनाएर लागे मात्र देश विकास हुने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार