Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवासँगै कार्यकर्तालाई भोलिसम्म छाड्न देशभर सर्कुलर

    विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवासँगै कार्यकर्तालाई भोलिसम्म छाड्न देशभर सर्कुलर

    अनलाइन नेपाल
  • बिहिबार, २० फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले नेत्रविक्रम चन्द(विप्लव) माथि लागेको प्रतिबन्ध फुकुवा गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै बसेको मन्त्रिपरिषद बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाएको छ ।



    विप्लव नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सहमति भइसकेको छ ।



    बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले विप्वल नेतृत्वको माओवादीसँग भएको सहमति सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको छ ।

    यसैबीच विप्लव समूहका नेता–कार्यकर्तालाई बिहिबारसम्म हिरासतबाट रिहा गर्न सरकारले सर्कुलर गरेको छ ।

    गृह मन्त्रालयले बुधवार साँझ पत्र लेखेर सबै प्रमुख जिल्ला अधिकारीहरुलाई विप्लवका नेता–कार्यकर्तालाई रिहा गर्न सर्कुलर गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार