Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • न्युजिल्याण्डमा सुनामीको खतरा

    न्युजिल्याण्डमा सुनामीको खतरा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    एजेन्सी । न्युजिल्याण्डमा भूकम्पपछि सुनामीको खतरा बढेको छ। बिहीबार त्यहाँ शक्तिशाली भूकम्प गएको थियो ।

    न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्पसँगै सुनामी आउन सक्ने चेतावनी दिएको छ ।



    समुद्री तटीय क्षेत्रका बासिन्दालाई ठाउँ खाली गर्न सरकारले आग्रह गरेको छ । उनीहरुलाई सुरक्षित स्थानमा बसाइ सर्न भनिएको छ ।



    बिहीबार एक पछि अर्को गर्दै लगातार तीन पटक भूकम्प गएको थियो । भूकम्पपछि ठाउँ ठाउँमा झडप समेत भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। न्युजिल्याण्डमा बिहीबार ७ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    भूकम्पबाट भएको क्षतिको विवरण यकिन हुन सकेको छैन ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार