Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • तीन सातापछि रसुवागढी नाका सञ्चालनमा

    तीन सातापछि रसुवागढी नाका सञ्चालनमा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    रसुवा । नेपाल–चीन व्यापारीक नाका रसुवागढी तीन सातापछि सञ्चालनमा आएको छ ।

    गत माघ २९ गतेदेखि बन्द नाका आजदेखि सञ्चालनमा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए ।



    नेपाली व्यावसायीको सामान बोकेका ७ कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको रेग्मीले बताए । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाली पक्षलाई दिएका थिए ।



    भन्सार प्रशासन खुला रहे पनि कामदार अभावमा नाकाको व्यापार ठप्प थियो । कोरोना महामारी र प्राकृतिक विपत्तिका कारण पटक पटक रसुवागढी नाका अवरुद्ध हुँदै आएको छ ।

    रसुवागढी र तातोपानी बाट अहिले कोटा प्रणालीमा माल वस्तु आयात हुने गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार