Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • लिभरपुल चेल्सीसितको खेलमा पराजित

    लिभरपुल चेल्सीसितको खेलमा पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.6K
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल चेल्सीसितको खेलमा पराजित भएको छ ।

    लिभरपुललाई बिहीबार राति भएको खेलमा चेल्सीले एक शून्य गोलले पराजित गरेको हो। चेल्सीको जितमा मासन माउन्टले गोल गरे। उनले खेलको ४२औँ मिनेटमा गोल गरेका थिए। उनलाई गोल गर्न कान्टेले पास दिएका थिए।



    यस्तै एभर्टनलले वेस्ट ब्रुमलाई एक शून्य गोलले पराजित गरेको छ। जितसँगै एभर्टन २६ खेलबाट ४६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।



    लिभरपुललाई हराएको चेल्सी भने चौथो स्थानमा उक्लियो। चेल्सीले २७ खेलबाट ४७ अंक जोडेको छ। लिभरपुल भने सातौं स्थानमा झर्‍यो। लिभरपुलको २७ खेलबाट ४३ अंक छ।

    शीर्ष स्थानको म्यानचेस्टर सिटीको लिभरपुलभन्दा २२ अंक बढी ६५ अंक छ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार