Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई प्रधानमन्त्री बनाउने सम्भावना

    कांग्रेस संसदीय दलको बैठक बस्दै, प्रचण्डलाई प्रधानमन्त्री बनाउने सम्भावना

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

    सांसदहरुको धारणा लिन संघीय संसद भवन, बानेश्वरमा दलको बैठक बस्न लागेको हो ।



    यसअघि बिहिवार बसेको कांग्रेस पदाधिकारी बैठकमा मुलुकको राजनीतिक निकासका लागि तीन विकल्पमा छलफल भइरहेको थियो ।



    कांग्रेसले नेकपाको कुनै एक समूहसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारेको छ ।

    आज बस्ने संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने देखिन्छ ।

    कांग्रेस भित्र पुर्नस्थापित संसदलाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार