Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • रिहा हुन थाले विप्लव समूहका नेता-कार्यकर्ता

    रिहा हुन थाले विप्लव समूहका नेता-कार्यकर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.1K
    SHARES

    काठमाडौँ। सरकारसँग भएको तीनबुँदे सहमति र विप्लव नेतृत्वको नेकपामाथि लगाईएको प्रतिवन्ध फुकुवासँगै नेता कार्यकर्ताहरु रिहा हुन थालेका छन् ।

    शुक्रबार विहान विप्लवसमूहका तेस्रो वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोला रिहा भएका छन् ।



    जिल्ला प्रशासन कार्यालय काभ्रेको समन्वयमा काभ्रे प्रहरीको हिरासतमा रहेका नेता बास्तोला रिहा भएको प्रहरीले जनाएको छ ।



    बिहीबार गृहमन्त्रालयले हिरासतमा रहेका विप्लव समूहका नेता कार्यकर्ताहरुलाई रिहा गर्न सर्कुलर गरेसँगै उनीहरुलाई रिहा गरिएको हो।

    यस्तै, धरानमा प्रहरी हिरासतमा रहेका भेषराज भुसाललाई पनि रिहा गर्ने तयारी भइरहेको धरान प्रहरीले जनाएको छ ।

    ‘विप्लव’ समूहका १ सय ४४ जना नेता–कार्यकर्ता अहिले जेल र हिरासतमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार