Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ओरालो लाग्यो सुनको मूल्य

    ओरालो लाग्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौँ। सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ ।

    लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।



    नेपाली बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।



    त्यस्तै, छापावाला सुन बिहीबार तोलामा रु ८६ हजार ५०० मा कारोवार भएको थियो ।

    यसैगरी तेजाबी सुन तोलाको रु ८५ हजार १५० मूल्य निर्धारण भएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो ।

    शुक्रबार चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार