Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा दूतावासमा प्रदर्शन

    म्यानमारमा भएको हिंसात्मक दमनको विरोधमा दूतावासमा प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2K
    SHARES

    काठमाडौँ। म्यानमारमा सैन्य सरकारले गरिरहेको हिंसात्मक दमनको विरोधमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

    शुक्रबार बृहत् नागरिक आन्दोलनको अगुवाइमा नागरिक अभियन्ताहरूले नक्खु, भैंसेपाटीस्थित म्यानमार दूतावासअगाडि प्रदर्शन गरेका हुन् ।



    प्रदर्शनकारीले म्यानमारका जनताले जस्तै तीनवटा औंला देखाएर प्रदर्शन गरेका थिए । तीन औंलाले स्वतन्त्रता, समानता र ऐक्यबद्धताको संकेत गर्दछ ।



    प्रदर्शनमा नागरिक अभियन्ताहरू गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठकलगायत सहभागी थिए ।

    म्यानमारमा गत फेब्रुअरी १ मा सैनिक ‘कू’ भएपछि सुरु भएको प्रदर्शन दबाउन सुरक्षाकर्मीले गोली चलाउँदा ५० भन्दा बढीको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार