Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अफगानिस्तानमा एकै दिन ९० जना मारिए

    अफगानिस्तानमा एकै दिन ९० जना मारिए

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 3K
    SHARES

    फाइल तस्बिर

    एजेन्सी। अफगानिस्तानमा एकै दिन भएका हिंसामा परी कम्तीमा ९० जना मारिएका छन् ।

    तालिबानी विद्रोही समूहले सरकारसँग वार्ता गरिरहे पनि अफगानिस्तानमा तालिबानहरुले हिंसात्मक घटनालाई निरन्तरता दिइरहेका छन् ।



    शुक्रबार दिइएको जानकारी अनुसार त्यहाँ गएको २४ घण्टा यता भएका हिंसामा परी ती व्यक्तिको निधन भएको बताइएको हो । त्यहाँको संस्था रिडक्सन इन भायोलेन्स (आरआइभी) ले शुक्रबार बिहान सो जानकारी दिएको छ ।



    रिभले भनेको छ, ‘गएको २४ घण्टा यता अफगानिस्तानका विभिन्न क्षेत्रमा भएको तालिबानका आक्रमण लगायतका हिंसामा परी आठ जना अफगान सर्वसाधारण नागरिक र पाँच जना यहाँको राष्ट्रिय सुरक्षा संगठनका सदस्य पनि मारिएका छन् ।’

    साथै यो अवधिमा अफगानिस्तानको राष्ट्रिय सुरक्षा निकायले गरेको कारबाहीमा परेर कम्तीमा पनि ७७ जना तालिबान मारिएका पनि बताइएको छ । सरकारी फौजले तालिबानका विरुद्धमा गरेको कारबाहीमा परी ती तालिबान मारिएका हुन् ।

    अफगानिस्तानमा जारी रहेको युद्धको अनुगमन गरिरहेको सो संस्थाका अनुसार यी हिंसाका क्रममा थप ३३ जना नागरिक र ३१ जना तालिबानहरु पनि घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार