Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा

    प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.5K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको संसदीय दलको बैठक बस्दै छ ।

    प्रचण्ड-माधव समूहका मुख्य सचेतक देव गुरुङका अनुसार बैठक केहीबेरमा  सिंहदरबारमा बस्न लागेको हो ।



    प्रतिनिधिसभाको बैठक आगाडी प्रचण्ड-माधव समूह कांग्रेस र जसपासँग मिलेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने पक्षमा छ । यद्यपि अहिलेसम्म कांग्रेस र जसपासँग सहमति भइनसकेको एक सांसदले बताए ।



    प्रधानमन्त्री ओलीले पुस ५ मा संसद विघटनको सिफारिस गरेपछि नेकपा राजनीतिक र संगठनात्मक रुपमा विभाजित भएको छ ।

    प्रतिनिधिसभाको बैठक २३ गते ४ बजे बस्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार