Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री र गृहमन्त्रीकै अगाडि विप्लवले भने – नेपालमा कोही सुरक्षित छैन

    प्रधानमन्त्री र गृहमन्त्रीकै अगाडि विप्लवले भने – नेपालमा कोही सुरक्षित छैन

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा कोही पनि सुरक्षित नभएको बताएका छन् ।

    शुक्रबार हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एकै मञ्चमा देखिएका उनले नेपालमा अहिले कसैले पनि सुरक्षित अनुभूति गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।



    ‘नेपालमा कोही पनि सुरक्षित छैन । आज पनि उत्पीडित समुदाय खुसी छैन । हामीले जहाँ जहाँ असहमति भयो त्यहाँ हामीले राख्यौँ,’ उनले भने,‘हामीले विद्रोह गर्यौँ । हामी अगाडी बढेकै हौँ । सबै नेता र जनतालाई आफ्नै जीवनमाथि आफै हावी भएको र आफैले नेतृत्व गरिरहेको अवस्था छैन ।’



    विप्लवले शहीदको सपना मर्न नदिने प्रतिबद्धता जनाउँदै सरकारसँगको सहमतिमा प्रतिबद्ध भएर लाग्ने बताए ।

    कार्यक्रममा प्रधानमन्त्री ओली गृहमन्त्री राम बहादुर थापा, उपप्रधानमन्त्रीहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार