Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री बनिदेऊ भन्दै प्रचण्ड-माधव अरुको दैलोमा गए : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री बनिदेऊ भन्दै प्रचण्ड-माधव अरुको दैलोमा गए : प्रधानमन्त्री ओली

    अनलाइन नेपाल
  • शुक्रबार, २१ फाल्गुन २०७७
  • 1.7K
    SHARES

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी फुटाएर प्रधानमन्त्री बनिदेऊ भन्दै अर्को दैलोमा गएको आलोचना गरेका छन्।

    शुक्रबार हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव राखेका छैनौं र राख्दैनौं पनि’ ।



    प्रचण्ड-माधवप्रति कटाक्ष गर्दै ओलीले भने, ‘संसदीय दलको बैठक बस्दै छन् रे ! म यता छु’ ।



    कार्यक्रममा बोल्दै ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतिको यो कदम साहसिक भएको बताए ।

    शान्तिपूर्ण युगमा नेपाललाई प्रवेश गराउन योगदान दिएको भन्दै ओलीले विप्लवलाई धन्यवाद दिए । ओलीले सुशासन, भ्रष्टाचारको अन्त्य, विकासका प्रयास योजनाबद्ध ढंगले अगाडि बढुन् भन्ने नेपाली जनताको चाहना भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार